काठमाडौं
योगराज ढकाल ( रिगल)ले संविधान दिवसको अवसरमा सरकारबाट पाएकोे कैद माफी सर्वोच्च अदालतले उल्टाइदिएको छ ।
सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गर्न र बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भइ जेल परेका ढकालले माफी पाए सँगै रिट परेको थियो । उले माफी पाए सँगै मृतक चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनको माफी बदर गर्दै तत्काल पक्राउ गरी कैद भुक्तान गराउन आदेश दिएको ।