पनौती
कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख ६७२३ पराल बोकेको निसान गाडी ब्रेक फेल भई सडकबाट तल खसी दुर्घटना भएको छ ।
गाडी ब्रेकफेल भई सडकबाट अन्दाजी ६०० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा सवार ३ मध्ये २ को मृत्युभएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको बताइएको छ ।
गाडीमा सवार अन्य १ जना बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना रहेकी छिन् । घाइते तिमल्सिनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।