काठमाडौं
सवारी साधनमा यात्रारत रहँदा अब लाइसेन्स बोक्न बिर्सिएको खण्डमा नागरिक एपमा देखिने लाइसेन्सबाट नै काम चल्ने भएको छ । तर यो सवारी चालक लाइसेन्स प्राप्त हो या होइन भन्नका लागि मात्र मान्य हुने र सवारी नियम उलंघन भएको अवस्थामा भने नागरिक एपको लाइसेन्स मान्य नहुने ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमवार सामाजिक सञ्जाल मार्फत कार्यालयले चालक लाइसेन्स प्राप्त हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र नागरिक एप मान्य हुने र ट्राफिक नियम उलंघन र कारबाही प्रक्रियाको क्रममा भने सक्कलै सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने स्पष्ट पारेको छ ।