रोशी
दशैंका अवसरमा विभिन्न पालिका तथा सामाजिक संस्थाको आयोजनामा फूटबल तथा भलिबल प्रतियोगिताहरु संचालन भए । यसै क्रममा ‘रोशी कप २०८०’ फुटबल प्रतियोगिता पनि सम्पन्न भएको छ ।
गत कार्तिक ३ गते उद्घाटन भएको प्रतियोगिताको प्रथम उपाधी वडा नं ९ ले हात पारेको छ । प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियो । प्रतियोगिता ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको गरेको हो ।
फाइनल खेल वडा नं. ७ र वडा नं ं.९‘सि’ बिच भएको थियो । उक्त खेलमा वडा नं ९ ले वडा नं ७ लाई १–० ले पराजित गर्दै जीत हात पान सफल भएको हो । वडा नं ९ ‘सि’सँग पराजित भएको वडा नं ७ को टिम दोस्रो भएको छ । वडा नं ९ ‘बी’ टिमलाई १–३ गोलले पराजित गर्दै वडा नं २ तेस्रो भएको छ । विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले शिल्ड, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चेक र प्रमाणपत्र र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले मेडन वितरण गरेका थिए ।
प्रथम हुने टिमलाई नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । बेष्ट प्लेयरको उपाधी विशाल लामाले हात पारेका छन् । त्यस्तै बेष्ट गोलकिपरको उपाधी सरोज लामाले र सर्वाधिक गोल सुरज ठकुरीले हात पारेका छन् ।