आज बडा दशैंको मुख्य दिन नवदुर्गाको प्रसादका रुपमा शुभ साइत स्वरुप रातो टिका र सम्बृद्धिको प्रतिक जमारा लगाएर मान्यजनको हातबाट टिका लागाउने चलन छ ।
टिका लगाउनका लागि शुभ साइत बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर सर्वसाधरणका लागि विजया दशमीको टिकाका लागि साइत हेरीरहनु नपर्ने मान्यता रहेकोे छ ।
समितिका अनुसार यस दिन विजया दशमी, देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको छ भने टिकाको लागि उत्तम साहित ११ बजेर २ मिनेटमा (पश्चिम मोहडा) उल्लेख छ ।
आजको दिन नभ्याउनेहरुका लागि कोजाग्रत पुर्णिमाको दिन सम्म निरन्तर टिका लागउने तथा आर्शिवाद थाप्ने कार्य चलिरहन्छ । यस वर्ष कार्तिक ११ गते कोजग्रत पुर्णिमा परेको समेत समितिद्वारा जारी सूचनामा उल्लेख छ ।