काभ्रे
बङ्गलादेशमा आयोजित प्रथम बङ्गाबन्धु अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फ बेथानचोकका विष्णु खत्रीले दोस्रो उपाधी हात पारेका छन् ।
अक्टोवर १९ देखि २१ सम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गरका थिए । प्रतियोगितामा उनी पुम्सेमा द्वितीय मेडल हात पार्न सफल बनेका हुन् ।
त्यसैगरी टिम पुम्सेमा विष्णु खत्री सहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यकोको टिमले तृतीय मेडल हातापर्न सफल भएको छ । सहभागी टोली सोमबार नेपाल फर्किने खत्रीले जनाकारी दिए ।