धुुलिखेल
नेपालीहरुको महान चाड बडादशैंको समयमा सवारी साधनको बाक्लो उपस्थिति हुने कारण ट्राफिक व्यवस्थापनमा जटिलता हुने भन्दै दशैं भर ट्रिपर संचालनमा रोक लगाउने निर्णय भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । काभ्रेपलाञ्चोक जिल्ला भित्र तथा जिल्ला भित्रको अरनिको राजमार्ग तथा विपी राजमार्गमा मिति २०८० कार्तिक २ गते बिहान ५ बजेदेखि कार्तिक १३ गते राति ९ बजेसम्म सबै निर्माण व्यवसायिक ट्रिपर संचालन गर्न रोक लगाउने निर्णय भएको हो ।
ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न दवाव पर्ने भएकोले उक्त निर्णय गर्नुपरेको उल्लेख गर्दै निर्णय कार्यान्वयनमा सहजीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले बैठक पछि प्रकाशित सूचना मार्फत जानकारी गराएको उल्लेख छ ।