रोशी । रोशी गाउँपालिकाले ४ सय ८२ पशुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ । १७ औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
अभियानमा ४ सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिज बिरुद्धको खोप लगाएको पालिकाले जनाएको छ । रोशी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको हो ।
रोशी भित्रको २ सय ५८ घरधुरीमा घरपालुवा २ सय ९६ र सामुदायिक एक सय ७७ ओटा गरी ४ सय ८२ पशुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएका साहले जानकारी दिए । वडा नं. १ मा ५२ वटा, वडा नं. २ मा १८ वटा, वडा नं. ३ मा ३४ वटा, वडा नं. ४ मा २५ वटा, वडा नं. ४० वटा, वडा नं. ५ मा ३६ वटा, वडा नं. ७ मा १३ वटा, वडा नं. ८ मा ५२ वटा, वडा नं. ९ मा ५४ वटा, वडा नं. १० मा ५६ वटा, वडा नं. ११ मा ५२ वटा र वडा नं. ५० वटा कुकुर र बिरालोलाई भ्याक्सिन लगाएको शाखाले जनकारी दिएको छ ।