बेथानचाेक
मदानी डेरी प्रा.लिले शेयर सदस्यहरुका लागि १५ प्रतिशत बोनस पारित गर्दै पहिलो साधरण सभा सम्पन्न गरेको छ ।
काभ्रे बेथानचोक वडा नं १ मा कार्यालय तथा कारखाना रहेको मदानी डेरी कम्पनीको रुपमा संचालित छ ।
नेपाल डेरी एशोसियसनका राष्ट्रिय अध्यक्ष राजकुमार दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न साधरण सभामा माहांकाल गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष भूमिनन्द घिमिरे, राष्ट्रिय सहकारी बोर्डका सदस्य रामहरी बजगाई, कम्पनी व्यवस्थापन समिति अध्यक्ष माधव दाहाल लगायत अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रमका वक्ताहरुले पशुुपालनमा आश्रित स्थानीय कृषकहरुको पशुपालन व्यवसाय प्रर्वद्धन तथा बजारीकरणमा डेरीले सहजीकरण गर्ने बताएका थिए ।
सभामा विभिन्न कारणले पशुक्षति व्यहोरेका दुग्ध उत्पादक कृषहरुका लागि पशुुक्षति राहत वितरण गरेको थियो । कार्यक्रममा कम्पनी व्यवस्थापन समितिका अध्यक्ष माधव तिमल्सिना लगायतले पशुक्षति व्यहोराका ११ जना कृषकका लागि राहत रकम वितरण गरेका थिए ।
दुधालुगाईको मृत्यू भएका कृषकका लागि प्रति पशु ३० हजार र भैंसीको हकमा ५० हजारका दरले राहत वितरण गरिएको डेरीका व्यवस्थापक मधु दाहालले जानकारी दिए ।
बेथानचोक गाउँपालिका वडा नं १ मा कम्पनीको रुपमा रहेको डेरीले काभ्रेको बेथानचोक, खानीखोला तथा ललितपुरको महांकाल तथा वागमती गाउँपालिकाबाट दैनिक ६ हजार ५ सय लिटर दुध संकलन गर्ने गरेको छ ।
संकलित दुध प्रशोधन गरी पनिर, छुर्पी, नौनी, दही, कञ्चन चिज, मजरेला चिज तथा खुवा लगायतका समग्री उत्पान गर्ने गरिएको छ । गाउँमै उत्पदित पदार्थको मुख्य बजार काठमाडौं लगायत देशका अन्य शहरहरु रहेको व्यवस्थापक दाहालले जानकारी दिए ।