अमेरिकाको हेनरी फोर्ड हेल्थ सिस्टम का अनुसन्धानकर्ताको अनुसार, एक ५८ बर्षिय कोरोना संक्रमित महिलालाई ज्वरो र खोकीको विरामीसँगै विर्सने, उल्झन र थकान महसुस भईरहेको छ । डाक्टरले सीटि स्क्यान जाँच गर्दा पत्ता लाग्यो कि महिलाको मस्तिष्कमा कालो दाग बनेको पाइयो यानी कोषहरु संक्रमणको कारण मरीसकेको छ र यसको मुल कारण कोरोना भाइरस हो ।
रिपोर्टमा यो पनि सार्वजनिक गरिएको छ कि मस्तिष्कमा गाँठ र रक्तस्राव पनि भईरहेको छ जसको कारण उसलाई मस्तिष्कसँग जोडिएको दुखाई भईरहेको थियो । डाक्टरको अनुसार, भाइरल संक्रमणबाट एक्यूट नेक्रोटाइजिंग इन्सेफलाइटिसको समस्या हुन्छ जुन दुर्लभ बिरामी हो । यसको कारण मस्तिष्कलाई नोक्सान पुर्याउछ । यो भन्दा पहिला यस्तो समस्या फ्लू र ठेउलाको बिरामीमा देखिन्थ्यो । कोरोनामा पनि पछिल्लो समय यस्तो समस्याहरु देखा पर्न थालेको हो ।
सतर्क रहनुस् संक्रमणको कारण मस्तिष्कमा रक्तस्राव भन्दा पनि धेरै दुखाई
भाइरसको फैलावट जुन तरिकाले बढिरहेको छ संक्रमित बिरामीमा मस्तिष्क सम्बन्धि समस्या पनि बढिरहेको छ । न्यूरोलोजिस्ट डा. हलीम फादिलका अनुसार केही बिरामीलाई हिड्ने–चल्ने समस्या, टाउको दुख्नु , झट्का हान्नु, सुन्ने–देख्ने समस्या, रिस, अनिन्द्रा जस्तो समस्या आईरहेको छ जसको सिधा सम्बन्ध मस्तिष्कसँग छ । संक्रमित बिरामी यस्ता समस्या बताइरहेका छन जसको डाक्टरहरुले ध्यान दिएर चाडै नै समस्या निवारण गर्नु पर्दछ नभए बिरामी गम्भिर स्थितिमा पुग्न सक्छ ।
बिरामीलाई आइसीयूमा राख्न समस्या
टेक्सास हेल्थ आरलिंग्टन मेमोरियल हस्पिटलका न्यूरोलोजिस्ट डा. केविन कर्नर का अनुसार, आईसीयूमा भर्ती भएका अधिकतम बिरामीमा आईसीयूमा राख्न समस्या परिहरेको छ । यसको मुख्य कारण सेप्सिस, ज्वरो, संक्रमण वा अंगहरुले काम गर्न छाड्नु हो ।
कोभिड–१९ को बिरामीमा यस्तो यसकारण भईरहेको छ कि उनीहरु संक्रमित भईरहेको बेला फोक्सोले काम गर्न छाडिरहेको छ । फोक्सोको कार्यक्षमता प्रभावीत हुदा मस्तिष्कमा अक्सिजनको मात्रा कम हुन्छ । ज्वरो अत्यधिक आउदा पनि यस्तो हुने गर्दछ ।